काठमाडौं ।
विगत ११ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस इकलेज २०२१ को दशौँ संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययनरत १६ वर्षदेखि २४ वर्षसम्मका छात्राहरुलाई सहभागी गराउने उदेश्यले ‘मिस इकलेज २०२१’ को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।
कलेजस्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा विभिन्न कलेजहरुबाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइनेछ । उक्त कार्यक्रममा सहभागिताको लागि फागुन अन्तिम सातासम्म आवेदन फारम भर्न सकिनेछ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा चैतको अन्तिम साता राजधानीमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले ‘मिस इकलेज २०२१’ कोे ताज उपाधिसहित ल्यापटप, मोवाइलफोन, ट्याब साथै तीन जना विजेतालाई सिंगापुर र मलेसियाको भ्रमणको लागि हवाइ टिकट प्रदान गरिनेछ । यस्तै नेपाल एयर होस्टेज एकेडमीमा तालिमको लागि अवसर प्रदान गरिनेछ । साथै उच्च शिक्षाको लागि विभिन्न देशको छात्रावृत्ति पाउनेछन् भने अन्य गिफ्ट हयाम्पर पाउनेछन् । यसबाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने आयोजकले जनाएको छ ।