काठमाडौं  । सामुदायिक लघुुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरी श्रेष्ठले राजीनामा दिएका छन् । संस्थाका अनुसार प्रमुख कार्यकारी श्रेष्ठले दिएको राजीनामा २०७८ गते वैशाख एक गतेदेखि कार्यान्वयनमा आउने गरी राजीनामा स्वीकृत गरिएको हो । प्रमुख कार्यकारी डा. श्रेष्ठको राजीनामापश्चात् संस्थाको यही फागुन २८ गते बसेको सञ्चालक समितिको एक सय ६१औं बैठकले यही चैत एक गतेदेखि नै कार्यान्वयनमा आउनेगरी नायव प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी दिएको छ ।