काठमाडौं ।
हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबीले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ । माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबी बैंकले अब नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई एक सय २५ दिने मुद्दतीमा सात दशमलव २५ प्रतिशतसम्म वार्षिक ब्याजदर (शून्य दशमलव पाँच प्रिमियमसहित) तोकेको छ ।
हाल मुख्यतया बैंकहरू कर्जा सापटीमा केन्द्रित रहेको देखिए पनि एनएमबीले भने साना निक्षेपकर्ताहरूलाई बचत गर्न प्रोत्साहन गर्नेगरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको हाल देशभरिका एक सय ८० शाखाहरूमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरू साथै देशभरिका एक सय ३६ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।