काठमाडौं ।
सेयर बजार परिसुचक उच्च अंंकले उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ६३ दसमलव ३८ अंकले उकालो लागेर २५ सय ३८ दसमलव ४६ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको सेयर कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ४४ अंंकले उकालो लागेर चार सय ५३ दसमलव ५९ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय छ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ८० हजार नौ सय ८६ पटकको कारोवारमा एक करोड २४ लाख ३० हजार दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार पाँच सय ६९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सबै उपसमुहको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा उपसमुहको सुचक उच्च अंकले बढेकाछन ।