काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ६४ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार २४ दसमलव आठ अंकले ओरालो लागेर २५ सय १४ दसमलव ३९ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ७९ अंकले ओरालो लागेर चार सय ४८ दसमलव ८० अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय ११ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६१ हजार चार सय ८८ पटकको कारोवारमा एक करोड नौ लाख ३१ हजार तीन सय ५८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन कुल पाँच अर्ब ३५ करोड १३ लाख ५३ हजार छ सय २५ रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह होटल तथा पर्यटन र जलबिद्युत समुहको सुचक उकालो लागे पनि बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहको सुचक ओरालो लागेका छन् ।