काठमाडौं ।
हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजार रुपैयाँदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।
हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा छ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँँच ठूला अटोमोबाइल उत्पादकमध्ये पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।