काठमाडौँ ।
सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन उच्च अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार एक दसमलव १३ अंकले उकालो लागेर २६ सय ५८ दसमलव ७४ अंकमा पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव शुन्य नौ अंकले उकालो लागेर चार सय ७१ दसमलव ८४ अंकमा पुगेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुई सय १२ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ७३ हजार पाँच सय ९८ पटकको कारोवारमा एक करोड ५८ लाख ५३ हजार नौ सय ९३ कित्ता सेयर किनबेच भएका छन ।
जसअनुसार यसदिन कुुल कारोवार रकम सात अर्ब २९ करोड ६७ लाख ६० हजार एक सय ५६ रुपैयाँ पुगेको छ ।आज कारोवार भएका कुुल उपसमुह मध्ये छ वटा उपसमुहको सुचक ओरालो लागेकाछन भने बाँकी उपसमुहको सुचक उकालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र लगानी उपसमुहको सुचक ओरालो लागेकाछन भने जलबिद्युुत, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष उपसमुहको सुचकहरु उकालो लागेका छन ।