काठमाडौं ।
नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरूका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा यही चैत २९ गतेदेखि २०७८ वैशाख सात गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत सपिङ गरी १५ प्रतिशत छुट वा अधिकतम एक हजार रुपैयाँ क्यास ब्याक र क्रेडिट कार्डमार्फत सपिङ गरी २० प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अफर सुरु हुन मात्र दुुई दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यास ब्याक अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको एक सय १९ शाखा, एक सय ७५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।