काठमाडौं । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्धनिर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् । चेम्बरको ७०औँ वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । एनआईसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा रहँदै आएका छन् ।