काठमाडौँ । सेयर बजार परिसुुचक उच्च बिन्दुुमा पुुगेको छ । नयाँ बर्षको पहिलो कारोवार दिन आज बिहिबार बजार परिसुचक २० दसमलव ६७ अंकले उकालो लागेर २७ सय ३५ दसमलव ४६ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव १७ अंकले उकालो लागेर चार सय ९२ दसमलव ४४ अंकमा पुुगेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुुई सय १८ वटा कम्पनीहरुको कारोवार भएकाछन । जसबाट ९५ हजार सात सय ३७ पटको कारोवारमा एक करोड ९० लाख २० हजार पाँच सय २८ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुुंदा आज कुुल कारोवार रकम आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार छ सय ५९ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहको कारोवार भएकाछन । ति मध्ये टे«डिङ र जलबिद्युुत उपसमुहको सुचकहरु घटेर बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेकाछन ।