काठमाडौं, पुस २८ मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चारवटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरूलाई सहज हुने मेगा बैंकको विश्वास छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगाको उपत्यकासहित देशभर एक सय ११ वटा शाखा कार्यालयहरू, एक सय १४ वटा एटीएम, एक सय १९ वटा शाखारहित बैंकिङ सेवा र तीन हजारभन्दा बढी मेगा रेमिट सञ्जाल रहेको छ ।