काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रविण कुमार लामा नियुक्त भएका छन् । संस्थाको यही वैशाख ११ गते बसेको ६५औं बैठकको निर्णयानुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा संस्थाको नियमावलीको नियम ३० मा भएको व्यवस्थाबमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत लामालाई २०७८ जेष्ठ २५ गतेदेखि लागू हुनेगरी चार वर्षको लागि पुुनः संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।
संस्थाले २०७७ चैत्र मसान्त सम्ममा २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजारभन्दा बढी सदस्यलाई सेवा पु-याउँदै आएको छ ।
संस्थाको हाल तीन अर्ब ३० करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा ८६ करोड निक्षेप जम्मा गरेको, नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरू दिइरहेको, निक्षेप र कर्जा सेवा ग्राहकको आवश्यकताअनुसार स्वीकार गरी उपलब्ध गराएको, समयसापेक्ष उद्यमी बन्न तालिम उपलब्ध गराइरहेको, रेमिटयान्स सेवा, मिसकल बैंकिङ सुविधा, ग्राहक संरक्षण कोषमार्फत दैवी प्रकोपमा परेका सदस्यहरूलाई राहत, सुत्केरी सुविधा प्रदान गरिरहेको जानकारी पनि संस्थाले दिएको छ ।