काठमाडौ ।
एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड दोस्रोको पहिलो दिनमा नै उत्साहप्रदरूपमा आवेदन परेको छ । एकाइ खरिदको लागि कुल एकाइको ५३ दशमलव ४४ प्रतिशत एकाइ आवेदन भइसकेको क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब दुुई करोड रुपैयाँबराबरको १२ करोड एकाइ बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको एकाइ सर्वसाधारणहरूलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम एक सयदेखि एक करोड २० लाख एकाइसम्म आवेदन दिनपाउने व्यवस्था रहेको छ । एकाइ खरिदका लागि आवेदन दिन छिटोमा यही वैशाख १६ गतेसम्म रहेको जानकारी पनि क्यापिटलले दिएको छ ।