काठमाडौं ।
तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई सरकारले कारबाही गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताएका छन् ।
‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौँ, काठमाडौँका विभिन्न नामका अस्पतालले मनपरी ढङ्गले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’, उनले भने । सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए ।