काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १८ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार २७ दसमलव ४१ अंकले उकालो लागेर २६ सय ४५ दसमलव ८४ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ३५ अंकले उकालो लागेर चार सय ७५ दसमलव १२ अंकमा चढेको छ । आज १३ वटा उपसमुहको अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५१ हजार दुई सय ३५ पटकको कारोवारमा ७५ लाख ७९ हजार तीन कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम चार अर्ब २० करोड ३८ लाख ३२ हजार सात सय ८९ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोवार भएका कुुल उपसमुह मध्ये सबैको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ । जसमध्ये बाँँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका सबै उपसमुहको सुचक उच्च अंकले बढेका छन् ।