ढाका । बंगलादेशी सरकारले झण्डै साढे तीन अर्ब टाका बराबरको ३३ लाख ६० हजार मेट्रिक मिलियन तरलीकृत प्राकृतिक ग्यासको ब्रिटिश थर्मल युनिट आयात गर्ने भएको छ ।
बंगलादेशले तीन अर्ब ४० करोड टाकाको उक्त परिमाणमा ग्यास आयात गर्नलागेको हो । सरकारी स्वामित्वको कम्पनी पेट्रोबंगलाले स्विटजरल्यान्डको एओटी ट्रेडिङ एजीबाट उक्त इन्धन ल्याउनेछ ।
यसअघि गत फेब्रुअरी १८ मा सरकारले ग्यास खरिदको प्रस्ताव अनुमोदन गरेको थियो । त्यतिबेला सरकारले छ अर्ब २३ करोड टाकाको ६७ लाख २० हजार एमएमबीटीयू एलएनजी स्पोट मार्केटबाट खरिद गर्ने बताएको थियो ।सिंगापुरको भिटोल एसिया प्रालिले उक्त इन्धन आपूर्ति गर्ने त्यतिबेला बताइएको थियो ।