काठमाडौं ।
अपी पावर लिमिटेडको ५६ करोड ७० लाख रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही जेठ २० गते अर्थात् आज बिहीबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्नलागेको हो ।
हाल अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी चार अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ९२ करोड ९७ लाख ५६ हजार एक सय ५० रुपैयाँ रहेको छ । हकप्रद सेयरपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुुई अर्ब ४९ करोड ६७ लाख ५६ हजार एक सय ५० रुपैयाँ पुुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी असार नौ गते समाप्त हुनेछ ।