काठमाडौं । नेपाल आयल निगमले घाटा देखाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने चलनलाई यसपटक पनि दोहो¥याएको छ । निमगले शनिबार रातिदेखि लागू हुने गरी बढाएको मूल्यले आमउपभोक्तालाई ठूलो समस्यामा पारेको छ ।
पेट्रोलको मूल्य वृद्धि हुँदा न्यून आय भएका उपभोक्तालाई खासै ठूलो आर्थिक बोझ नपर्ने भए पनि डिजेल र मट्टितेलको मूल्यवृद्धिले आम उपभोक्तालाई ठूलो झड्का लागेको छ ।
आयल निगमले शनिबार रातिदेखि नै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । हवाइ इन्धनको मूल्य पनि आन्तरिक उडानतर्फको वृद्धि गरेको छ । सरकारले लक डाउन खोल्नासाथ आन्तरिक उडान हुँदा प्रत्यक्ष रुपमा नेपाली उपभोक्ता नै महंगीको मारमा पर्ने हुन् ।
आयल निगमको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर एक सय आठ रुपैयाँ र आन्तरिकतर्फको हवाइ उडानतर्फको मूल्य ८० रुपैयाँ तोकिएको छ । लकडाउन भएपछि निगमले दोस्रो पटक मूल्यवृद्धि गरेको हो ।
