काठमाडौं ।
सेयर बजार परिसुचकले पुन नयाँ रेर्कड बनाएको छ । अघिल्लो दिन ३८ अंकले उकालो लागेर २९ सय ८३ अंकमा पुग्न सफल भएको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन सोमबार पुन ४२ दसमलव ७२ अंकले उकालो लागेर तीन हजार २५ दसमलव ८३ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ६० अंकले उकालो लागेर पाँच सय ५० दसमलव दुई अंकमा पुग्न सफल भएको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ७५ हजार चार सय ११ पटकको कारोवारमा तीन करोड ५० लाख २७ हजार तीन सय ६३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार पाँच सय १८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युुत, लघुुबित्त, सामुुहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जीवन बीमा, निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी र उत्पादनमुलक उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।