काठमाडौं ।
लक्ष्मी बैंकले युरो कप योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल मनी प्रिडिक्ट एण्ड विन योजना सार्वजनिक गरेको हो । यस वर्ष आयोजना भइरहेको युरो कप २०२१ को सुरुवातसँंगै आएसँगै फुटबलका फ्यानहरूमा मात्र नभई अन्य सर्वसाधारणहरूमा पनि समेत यसको उमङ्ग छाएको भन्दै उक्त योजना सार्वजनिक गरेको हो । सो उमङ्ग अझ बढी उत्साह थप्न बैंकले एफ–वान सफ्टसँग मिली गोल... प्रिडिक्ट एण्ड विन क्याम्पेन ल्याएको छ ।
बैंकका अनुसार यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात् जुन ११ देखि सुरु भएको हो र युरो कपको अन्त्य जुलाइ ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा पाँच जना भाग्यशाली विजेताहरूले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउन सक्नेछन् । यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरूले मोबाइल मनी सेवा सूचारु गरेको हुनुपर्दछ र मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् ।
मोबाइल मनीको ’फोन–पे डैरेक्ट’ वा अन्तरबैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सस्फर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ र यतिगरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।
क्याम्पेनको अवधिपछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत पाँच जनालाई विजेता घोषणा गरिनेछन् । विजेता ग्राहकहरूले जसले एक वर्षको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । ग्राकहरूले जतिधेरै पटक नगद ट्रान्स्फर गर्नेछन्, त्यति नै धेरै जित्ने मौका पाउनेछन् ।