काठमाडौं ।
सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन आठ दसमलव ४८ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन सोमबार ११ दसमलव ७८ अंकले ओरालो लागेर २८ सय २२ दसमलव ७३ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य चार अंंकले ओरालो लागेर पाँच सय २८ दसमलव ४१ अंकमा झरेको छ । यसदिन १३ वटा उपसमुह अन्तर्गत कुल दुई सय २४ वटा कम्पनीहरुको ५२ हजार आठ सय ४६ पटक सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत एक करोड ६३ हजार छ सय ३६ कित्ता सेयर खरिद बिक्री हुुंदा चार अर्ब ५८ करोड २२ लाख १२ हजार पाँच सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक सात दसमलव दुई अंकले ओरालो लागेर १९ सय नौ दसमलव ४३ अंकमा झरेकोमा बिकास बैंक उपसमुहको सुचक पनि एक सय दुई दसमलव ४२ अंकले ओरालो लागेर चार हजार दुई सय १२ दसमलव ४५ अंकमा झरेको छ ।
निर्जिवन बीमा उपसमुहको सुचक पनि एक सय ५६ दसमलव ६२ अंकले ओरालो लागेर १३ हजार आठ सय ६० दसमलव सात अंकमा झरेकोमा जीवन बीमा उपसमुहको सुचक पनि एक सय ३६ दसमलव २२ अंकले ओरालो लागेर १६ हजार नौ सय ५४ दसमलव ५४ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स र लघुबित्त उपसमुहको सुचक पनि क्रमश ५९, ५३ दसमलव ६९, ५७ दसमलव छ र ३४ दसमलव १८ अंकले ओरालो लागेकाछन ।
ट्रेडिङ उपसमुहको सुचक भने एक सय ३२ दसमलव दुई अंकले उकालो लागेर तीन हजार सात सय ९६ दसमलव ८६ अंकमा चढेकोमा उत्पादनमुलक उपसमुहको सुचक पनि दुुई सय ३१ दसमलव ७४ अंकले उकालो लागेर छ हजार एक सय ७१ दसमलव ४३ अंकमा चढेको छ । यि बाहेक अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि क्रमश आठ दसमलव ७१, शुन्य दसमलव शुन्य छ र शुन्य दसमलव ५९ अंकले उकालो लागेका छन् ।