काठमाडौं । आफ्नो वैवाहिक जीवनको २७औँ वर्ष पूरा भएको अवसरमा एक जोडीले एकअर्कालाई बीमा पोलिसी उपहार दिई मनाएका छन् । बुटवल ३, रूपन्देही बस्ने अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले एक कार्यक्रममा एकअर्कालाई ५०–५० लाखको बीमा पोलिसी दिई आफ्नो वर्षगाँठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् । कार्यक्रम बुटवलको योगिकुटीस्थित होटेल द बुटवलमा सोमबार बिहान ११ बजे भएको थियो ।
लामो समयदेखि समाज सेवा गर्दै आएका सागर पोखरेल पेसाले अधिवक्ता, सफल सहकारीकर्र्म, बैंकका संस्थापकलगायत विभिन्न वित्तीय क्षेत्रमा रहेका छन् । लामो समयदेखि बीमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । बिहानमा क्याम्पस र दिउँसोमा सरकारी विद्यालयमा अध्यापन गराउँदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफूहरूले बीमा गरेको बताए ।
अधिवक्ता पोखरेलले सो कार्यक्रममा बोल्दै आजसम्म आफूले खरिद गरेका सबै बीमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएको सिटिजन जीवन सारथी बाँचुन्जेल चलिरहने र आफूले बीमा गरेको रकम र बोनस फिर्ता लिसकेपछि पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफूलाई यो पोलिसी मनपरेको बताए ।
कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उहाँहरूले खरिद गरेको बीमा पोलिसी सबैभन्दा उत्तम रहेको बताउँदै उनीहरूलाई अझ बढी सफलता र सुखी जीवनको शुभकामना व्यक्त गरेका थिए भने पोखरेल दम्पत्तीलाई रातो टिकासहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
हरेक वर्ष विभिन्न रचनात्मक कार्य गर्दै आएका पोखरेल दम्पत्तीले आफ्नो अनुभव सुनाउँदै अहिलेसम्म ७ वटा बीमा पोलिसी परिपक्क भई आफूहरूलाई सो पैसाले छोराछोरीको उच्चशिक्षालगायत विभिन्न कार्यहरूको लागि एकदमै सहयोगी भएको बताए । जन्मोत्सव कार्यक्रममा सिटिजन लाइफ भैरहवा एरिया प्रमुख नरेश सिग्देल, परासी शाखा प्रमुख दिपक थापा छेत्रीसहित १५ जना एजेन्सी म्यानेजरको पनि उपस्थिति रहेको भलवारी शाखाका शाखा प्रबन्धक रवि काफ्लेले जानकारी दिएका छन् ।