काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सम्झौता भएको छ । दुवै संस्थाहरूबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको हो । आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।