काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको छ । बैंकले कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । ग्लोबल आईएमई बैंकमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवलाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न, सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधनसहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका सेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउनेछ । यसै सम्झौताअनुसार कर्जा लिने साना किसानहरूलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ ।
मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा दुुई सय ७३ शाखा, दुुई सय ४८ एटीएम, दुुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।