काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ । कम्पनीले यही साउन सात गते बसेको सञ्चालक समितिको एक सय ६३औँ बैठकले यही साउन ३१ गते आफ्नो १२औँ वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ ।
सोही वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि साउन १७ गते एक दिन कम्पनीको सेयर दाखिला तथा खारेजी बन्द हुुन लागेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत हाल ६० तथा ३० प्रतिशतको अनुपातमा रहेको संस्थापक तथा साधारण सेयधनी समूहको अनुपातलाई ६० तथा ४० प्रतिशतमा रूपान्तरण गर्ने, सञ्चालक समितिको निवार्चन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।