काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन चार दसमलव छ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार २६ दसमलव दुई अंकले उकालो लागेर तीन हजार एक सय ११ दसमलव नौ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव छ अंकले उकालो लागेर पाँच सय ७७ दसमलव ५२ अंकमा पुग्न सफल भएको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय २० पटक सेयर कारोवार भएको छ । जसबाट दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार सात सय ७४ रुपैयाँ ६६ पैसा पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये बिकास बैंक र सामुहिक लगानी कोष उपसमुहरुको सुचक क्रमश दुुई दसमलव ३६ र शुन्य दसमलव १२ अंकले ओरालो लागेर क्रमश चार हजार आठ सय ४७ दसमलव ६७ र १७ दसमलव ६१ अंकमा झरेका छन् भने बाँकी उपसमुहको सुचक उच्च अंकले उकालो लागेका छन् ।
जसमध्ये बाणिज्य बैंक उपसमुहको सुचक दुई दसमलव ३४ अंकले उकालो लागेर दुई हजार ९८ दसमलव ४१ अंकमा चढेकोमा फाईनान्स उपसमुहको सुचक १० दसमलव ४२ अंकले उकालो लागेर दुई हजार छ सय ७३ दसमलव ८० अंकमा चढेको छ ।
जलबिद्युत उपसमुहको सुचक पनि ६६ दसमलव ८४ अंकले उकालो लागेर तीन हजार तीन सय ४१ दसमलव २३ अंकमा चढेकोमा जीवन बीमा उपसमुहको सुचक पनि एक सय १९ दसमलव २८ अंकले उकालो लागेर १८ हजार ८९ दसमलव अठ अंकमा चढेको छ ।
यसैगरी लघुबित्त उपसमुहको सुचक पनि दुई सय २१ दसमलव ५७ अंकले उकालो लागेर पाँच हजार नौ सय ८२ दसमलव ६२ अंकमा चढेकोमा निर्जिवन बीमा उपसमुहको सुचक पनि ६० दसमलव ९२ अंकले उकालो लागेर १४ हजार सात सय ९१ दसमलव ६८ अंकमा चढेको छ ।
यि बाहेक लगानी, उत्पादनमुलक, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक पनि क्रमश शुन्य दसमलव २१, ४१ दसमलव ७९, २५ दसमलव २२ र एक सय एक दसमलव ३८ अंकले उकालो लागेका छन् ।