काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिका तर्फबाट प्रबन्ध निर्देशक हरीकुमार तामाङले हस्ताक्षर गरेका हुुन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ इन्टरनेट बैंकिङ प्रयोग गरेबापत फिजियोथेरापी सेवाको भुक्तानी शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरूमा पनि ग्राहकहरूले छुट प्राप्त गर्न सक्नेछन् ।
यस्तो छुुट मनकामना अस्पताल, टुम्लिङटार, चितवन फिजियोथेरापी र रिह्याबिलीटेसन सेन्टर, चितवन, पार्कल्यान्ड अस्पताल, पोखरा नवजीवन फिजियोथेरापी र रिह्याबिलीटेसन सेन्टर बुटवल, न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेसन सेन्टर, धनगढी पनि पाउन सकिने बैंकले जनाएको छ ।
यो सूचविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथाप्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सूचविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।