काठमाडौं, माघ ९
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ३६ अंंकलो उकालो लागेको सेयर बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार सात दशमलव पाँच अंकले ओरालो लागेर १३ सय १३ दशमलव ४२ अंकमा झरेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव १३ अंकले ओरालो लागेर दुुई सय ८२ दशमलव ३० अंकमा झरेको छ । यसदिन कुुल एक सय ७८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १५ हजार पाँच सय आठवटा कारोबारमा ४९ लाख १४ हजार चार सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ५८ करोड १३ लाख ८१ हजार तीन सय ६४ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार जीवन बीमा समूहको सूचक एक सय ६२ दशमलव ७४ अंकले बढेर सात हजार एक सय ७३ दशमलव ५६ अंकमा चढेको छ भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैक समूहको सूचक आठ दशमलव ६१ अंकले ओरालो लागेर ११ सय ६१ दशमलव ४१ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक १७ दशमलव ७२ अंकले ओरालो लागेर १७ सय ६६ दशमलव ९३ अंकमा झरेको छ ।
यसैगरी जलविद्युुत् समूहको सूचक पनि १५ दशमलव ९३ अंकले ओरालो लागेर एक हजार २१ दशमलव ८६ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि २३ दशमलव पाँच अंकले ओरालो लागेर पाँच हजार पाँच सय छ दशमलव ८९ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ११ दशमलव १३, २३ दशमलव ६७, एक दशमलव ९४, २३ दशमलव ५८, पाँच दशमलव ९४, १० दशमलव ३६ र शून्य दशमलव शून्य छ अंकले ओरालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य आठ रूपैयाँ ४७ पैसाले बढेर पाँच सय २५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य आठ रूपैयाँ २० पैसाले बढेर पाँच सय ४१ रूपैयाँमा किनबेच भएको छ । यसैगरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, स्वदेशी लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको सेयर मूल्य आठ रूपैयाँ ६९ पैसाले घटेर एक सय २६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कञ्चन डेभलपमेन्ट बैकको सेयर मूल्य आठ रूपैैयाँ ६४ पैसाले घटेर दुुई सय ४३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सेन्ट्रल फाइनान्स, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको एकै दिन प्रतिकित्ता तीन सय पाँच रूपैयाँ अन्तिम मूल्यमा ६१ करोड १२ लाख २८ हजार सात सय ४६ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैकको दुई सय ८८ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड नौ लाख ३१ हजार एक सय ८५ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।