काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा चालू आर्थिक वर्षको पछिल्लो एक महिनाको अवधिमा ५० करोड ५५ लाख आठ हजार चार सय ५५ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार पछिल्लो समय अर्थात् यही साउन ३ गतेदेखि साउन १७ गते गतेसम्ममा जलविद्युुत् कम्पनी, बीमा, लघुुवित्त र फाइनान्ससहितका सातवटा कम्पनीहरुको कुुल ५० लाख ५५ हजार ८४ दशमलव ५६ कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो ।
बोर्डका अनुसार सबैभन्दा पछिल्लो पटक राधी जलविद्युुत् कम्पनीको १७ करोड २८ लाख ४८ हजार एक सय २२ रुपैयाँबराबरको १७ लाख २८ हजार चार सय ८१ दशमलव २३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सबैको लघुुवित्त वित्तीय संस्थाको पनि एक करोड ९५ लाख ७७ हजार दुई सय ५० रुपैयाँबराबरको एक लाख ९५ हजार सात सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्सको पनि पछिल्लो अवधिमा आठ करोड ३२ लाख ४१ हजार छ सय छ रुपैयाँबराबरको आठ लाख ३२ हजार चार सय १६ दशमलव छ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बोर्डका अनुसार मिथिला लघुुवित्त वित्तीय संस्थाको भने एक करोड ४८ लाख आठ हजार नौ सय एक रुपैयाँबराबरको एक लाख ४८ हजार ८९ दशमलव एक कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल एग्रो लघुुवित्त वित्तीय संस्थाको पनि ८० लाख १४ हजार दुुई सय २८ रुपैयाँ बराबरको ८० हजार एक सय ४२ दशमलव २८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रभुु इन्स्योरेन्स कम्पनीको भने पछिल्लोपटक आठ करोड २१ लाख १४ हजार पाँच सय रुपैयाँबराबरको आठ लाख २१ हजार एक सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी फरवार्ड माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको पनि १२ करोड ५१ लाख तीन हजार आठ सय ५० रुपैयाँबराबरको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।बोर्डक अनुसार पछिल्लोपटक सबैको लघुवित्त वित्तीय संस्थाको १० दशमलव पाँच प्रतिशतको अनुपातमा एक लाख ९५ हजार सात सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।