काठमाडौं । सिभिल बैंकले वरिष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै उक्त खाता सञ्चालनम ल्याइएको हो । ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यो बचत खातामा वार्षिक छ दशमलव पाँच प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिकरूपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउनेछ ।
समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै बैंकले वरिष्ठ बचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्ने बाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै वहाँहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दे बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैंंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।