काठमाडौं । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्तिपुर अस्पतालसँग साउन ३१ गते आइतबार सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रालिमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, आईसीयू, एचसीयू भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज, क्याबिन, इन्भेस्टिगेसन (ल्याब, एक्स रे, यूएसजी, इन्डेस्कोपी, पीएफटी, टीएमटी, ईको) आदिमा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन् । देशका एक सय तीनवटा शाखाहरुबाट बंैकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।