काठमाडौं । आईसएफसी फाइनान्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई नियक्त गरेको छ । फाइनान्सका अनुसार भदौ एक गते मंगलबारदेखि कार्यान्वयनमा आउने गरी श्रेष्ठलाई नायब प्रमुुख कार्यकारीमा नियुक्त गरिएको हो ।
उनले विगत १३ वर्षदेखि आईसएफसी फाइनान्समा विभिन्न विभागहरूमा रहेर काम गरिरहेका छन् । श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबीआई बैंकबाट गरेका हुन् । श्रेष्ठले काठमाडौँ युनिभर्सिटीबाट एमबीए गरेका हुन् ।
उनको बैकिङ क्षेत्रमा १९ वर्षको अनुभव रहेको छ ।
आईसीएफसी फाइनान्स लिमिटेडमा उनी नायव प्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए । यस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त, नायब महाप्रबन्धकमा लक्ष्मणप्रसाद जैसी तथा वरिष्ठ प्रबन्धकमा सञ्जय थपलिया रहेका छन् ।