काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकको खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
बीमाको रकम श्रीमती तनमाया घर्ती पुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्रलाल श्रेष्ठले प्रदान गरेका हुुन् । मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए । बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा, तीन लाखसम्मको छवटा जटिल रोगको उपचार बीमा, ५० हजारसम्मको स्वास्थ बीमा र पाँँच हजारसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको देशका सातै प्रदेशमा एक सय चारवटा कार्यालय तथा ९५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।