काठमाडौं । बुधबार कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय ९६ पुगेको छ । त्यसैगरी सात सय ७० आईसीयू र एक सय ८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार तीन सय ३८ रहेको छ । हाल ३३ हजार आठ सय आठ जना होम आइसोलेसनमा तथा तीन हजार पाँच सय ३२ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै, बुधबार थप तीन हजार चार सय तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार आठ सय ३९ पीसीआर परीक्षणमा दुई हजार छ सय १३ र चार हजार नौ सय ९९ एन्टिजेन परीक्षणमा सात सय ९० जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या सात लाख ३९ हजार नौ सय सात पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या ७७ हजार छ सय २६ छ । सो अवधिमा थप दुई हजार १०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ ।