काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिले विरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीले क्षेत्रीलाई चार वर्षको लागि पुनःप्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । कम्पनीमा वरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चारवर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका क्षेत्रीलाई दोस्रो कार्यकाल चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बीमा संस्थानबाट एफआईआईआई उपाधि हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिको रूपमा परिचित रहेका छन् भने संस्थागत सुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेे प्रशासकको रूपमा चिनिन्छन् ।