काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–०७८ मा नौ करोड तीन लाख २० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड पाँच लाख ७९ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको कम्पनीको आव २०७७–०७८ मा प्रति सेयर आम्दानी नौ रूपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १९ रूपैयाँ ६५ पैसा रहेको छ ।