सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ३ स्थित तामाखानी स्वास्थ्य चौकीलाई एक लाख ५० हजार मूल्यबराबरको अक्सिजन कन्सन्टे«टर प्राप्त भएको छ । वडा नम्बर ३ लोदिङका स्थानीय स्पिडकाजी शेर्पाको पहलमा हाम्रो नेपाल हामी नेपाली अभियानमार्फत उक्त सामग्री प्राप्त भएको वडा सदस्य ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए ।
प्राप्त कन्सन्ट्रेटर इलेक्ट्रिक भएकाले श्वासप्रश्वासमा समस्या देखिएका कोेरोना संक्रमितलाई उपयोगी हुने वडा सदस्य शेर्पाको विश्वास छ । एकै पटक दुई जनालाई प्रयोग गर्न मिल्ने तथा घर–घरमा लैजान सकिने भएकाले सजिलो समेत रहेको वडा कार्यालयले जनाएको छ । उक्त सामग्री सोमबार एक कार्यक्रमका बीच वडा कार्यालयलाई हस्तान्तरण गरिएको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए ।