काठमाडौं । साना किसान लघुुवित्त वित्तीय संस्थाको प्रमुुख कार्यकारी अधिकृतको पदमा पुनः डा. शिवराम प्रशाद कोइराला नियुक्त भएका छन् । संस्थाको यही भदौ आठ गते बसेको सञ्चालक समितिको बैकले कोइरालालाई यही भदौ १४ गतेदेखि लागु हुनेगरी दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५४ करोड ८२ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा २४ अर्ब ५३ करोड ६९ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २१ करोड ६९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको ३० करोड ८० लाख ८५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले २१ अर्ब ३७ करोड २२ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ करोड ३४ लाख ५१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६८ प्रतिशत रहेको थियो ।