अमेरिका । अमेरिकाको तेस्रो ठूलो हवाइ सेवाप्रदायक डेल्टा एयरलाइन्सले कोरोना संक्रमणविरुद्धको खोप नलगाउने कर्मचारीलाई महिनाको दुई सय अमेरिकी डलर जरिवाना तिराउने भएको छ ।
बीबीसीका अनुसार कम्पनीले दुवै मात्रा खोप लगाएर पुनः बिरामी हुने कर्मचारीलाई मात्र बिरामी खर्च प्रदान गर्ने पनि उल्लेख गरेको छ । कम्पनीका मालिक इद बास्टियनले यसले अमेरिकामा बढिरहेको संक्रमणविरुद्ध सहयोग पुग्ने बताए । आफ्ना कर्मचारीलाई खोप लगाउन बाध्य पार्ने डेल्टा पछिल्लो कम्पनी हो । डेल्टाले यो निर्णय नोभेम्बर १ देखि कार्यान्वयन हुने बताएको छ । यसले कम्पनीका ७५ हजार कर्मचारी प्रभावित हुनेछन् ।