काठमाडौँ ।नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बाह्रबिसे, सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक ब्रिव्रmी हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबीसेमा पनि शोरुम सञ्चालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोपराइटर राजेश श्रेष्ठलाई डिलरसिप प्रदान गरिएको छ ।
बजाज ग्राहकहरूले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधैँ प्रतिबद्ध छ । नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिव्रmीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधापुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । बाह्रबीसेमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछौँ ।’