काठमाडौं । नेचर सुपर मार्केट प्रालिले महिलाहरुको महान् पर्व तिजलाई लक्षित गरेर ‘तिज विशेष अफर’ ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले सामान खरिदमा तिज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहने सञ्चालक तारामान धामीले जानकारी दिए ।
अफरअन्तर्गत एक हजार पाँच सय रुपैयाँदेखि दुई हजार चार सय ९९ सय रुपैयाँसम्मको सामान खरिदमा ग्राहकले पोते उपहार प्राप्त गर्नेछन् । दुई हजार पाँच सय रुपैयाँदेखि चार हजार नौ सय ९९ रुपैयाँसम्मको सामान खरिदमा टीका र चुरा उपहार प्राप्त गर्नेछन् भने पाँच हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा टीका, चुरा र पोते उपहार प्रदान गरिनेछ ।
नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवी र शाखा नरेफाँट दुवै ठाउँमा यो अफर लागू हुनेछ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको सुपर मार्केटले दैनिक उपभोग्य र ग्रोसरी सामान सुपथ मूल्यमा बिक्री गर्दै आइरहेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको सुविधा निःशुल्क उपलब्ध रहेको धामीले जानकारी दिए । ‘उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी नेचर सुपरमार्केट प्रालिले समय–समयमा उपभोक्तामुखी अफरहरु ल्याइरहेको छ’, सञ्चालक धामीले भने, ‘आगामी दिनमा पनि विभिन्न खालका अफरहरु ल्याउनेछौँँ ।