काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेकअगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगाले एटीएम सेवा सञ्चालन गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरूको पनि सहभागिता रहेको थियो । योसँगै एक सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरेको छ । स्थापनाको १२ वर्षमा आइपुग्दा मेगाले एक सय ९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, तीन हजार दुई सयभन्दा बढी मेगा रेमिट सञ्जाल रहेका छन् ।