काठमाडौं । सेयर बजार परिसुक ओरालो लागेको छ । अघिल्लो शुन्य दसमलव २७ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार १८ दसमलव ५४ अंकले ओरालो लागेर दुई हजार नौ सय २९ दसमलव २८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव २१ अंकले ओरालो लागेर पाँच सय ४५ दसमलव ६६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । जसअन्तर्गत ५९ हजार आठ सय ५४ पटकको कारोवारमा एक करोड छ लाख ३९ हजार आठ सय २६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोवार रकम पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजारा चार सय ४३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये १३ वटै उपसमुहरुको सुचक ओरालो लागेका छन् । सोही आधारमा आज सेयर बजार पुरै रातो भएको छ ।