काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई एसआरएल डाइग्नोस्टिकमा छुट पाउने भएका छन् । बैंक र र एसआरएल डाइग्नोस्टिक प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापश्चात् ग्राहकहरूले एसआरएल डाइग्नोस्टिक (नेपाल) प्रालिले प्रदान गर्ने प्याथोलिजीसम्बन्धी स्वास्थ्य सेवाहरू उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशतसम्म छुट पाउनेछन् । एसआरएल डाईग्नोस्टिक (नेपाल) प्रालिले काठमाडौँ उपत्यकाको महाराजगञ्जबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ९० शाखा कार्यालयहरू, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।