काठमाडौं । सेयर बजार परिसुचक २५ सय ७७ बिन्दुमा खुख्चिएको छ । साताकोे पहिलो कारोवार दिन आज आईतबार सेयर बजार परिसुचक ५५ दसमलव ९३ बिन्दुले ओरालो लागेपछि उक्त बिन्दुमा खुम्चिन पुगेको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव सात अंकले ओरालो लागेर चार सय ८५ दसमलव ९८ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअनुसार ५२ हजार तीन सय ९१ पटकको कारोवारमा ८९ लाख ४८ हजार नौ सय ३७ कित्ता सेयर खरिद भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री भएकोमा आधारमा आज कुल कारोवार रकम चार अर्ब ११ करोड ३८ लाख १४ हजार दुई सय ४६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।