काठमाडौं । सेयर बजारमा नजिकिदैं गरेको चार्ड पर्वकाकारण घट्दो सुचक संगै कारोवार रकम पनि घट्न थालेको छ । अघिल्लो दिन ५६ अंकले घटेर चार अर्ब ११ करोड रुपैयाँको सेयर कारोवार भएको धितोपत्र बजारमा साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक छ दसमलव ६८ अंकले ओरालो लागेर २५ सय ७० दसमलव ८१ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २८ अंकले ओरालो लागेर चार सय ८४ दसमलव ९८ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ४८ हजार दुई सय ३६ पटकको कारोवारमा ७६ लाख ५३ हजार दुई सय २० कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम भने तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार नौ सय ३५ रुपैयाँमा सिमित हुन पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोवार भएका कुल उपसमुहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने नौ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक ओरालो लागेका छन् भने लघुबित्त, जीवन बीमा, होटल तथा पर्यटन र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।