काठमाडौं । सेयर बजार परिसुचक पुन २७ सय अंकको नजिक पुगेको छ । अघिल्लो दिन ४१ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथौ कारोवार दिन आज बुधबार पनि ६८ दसमलव ४७ अंकले उकालो लागेपछि २७ सय नजिक अर्थात २६ सय ८१ दसमलव १० बिन्दुमा चढेको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ७२ अंकले उकालो लागेर पाँच सय चार दसमलव ७३ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५५ हजार तीन सय ८५ पटकको कारोवारमा ८१ लाख ८९ हजार आठ सय ९० कित्ता सेयर किनबेच भएका छन् । उक्त किनबेचका आधारमा आज कुुल सेयर कारोवार रकम चार अर्ब ५० करोड छ लाख ५८ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएको १३ वटा उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार पुरै रातो भएको छ ।