सोल । दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको संख्यामा वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अंकले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।
कोरोनाभाइरसको महामारीका कारण कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू अझै पनि लागू भएकाले पनि अनलाइन किन्नेहरूको संख्या बढेको अनुमान गरिएको छ । अनलाइनबाट किन्नेहरूमध्ये खाना माग गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको र खाना विक्री गरेर मात्रै लाखौँ रूपैयाँको कारोबार भएको पाइएको छ ।
सरकारी अधिकारीहरूका अनुसार गत महिनामा १६.८ प्रतिशतले अनलाइनबाट किन्नेहरूको संख्यामा वृद्धि भएको हो । यो संख्या सन् २००१ देखिकै सबैभन्दा धेरै भएको बताइएको छ । दक्षिण कोरियामा अहिले पनि दैनिक १५ सयभन्दा बढी संक्रमित थपिने गरेका छन् भने केही अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।