काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१ दशमलव पाँच प्रतिशत अर्थात् २१ करोड पाँच लाख २६ हजार तीन सय १६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफामध्येबाट कुल चुक्ता पुँजी एक अर्ब रुपैयाँमध्येबाट २० प्रतिशत अर्थात् २० करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव शून्य पाँच प्रतिशत अर्थात् एक करोड पाँच लाख २६ हजार तीन सय १६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरण सम्बन्धमा संस्थाको यही असोज १८ गते बसेको एक सय १७औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।