काठमाडौ ।निक्षेपको व्याजदरबृद्धिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेपश्चात सेयर बजार परिसुचक उकालो लागेको छ । आज बुधबार सेयर बजार परिसुचक ६० दसमलव ६० दसमलव ५६ अंकले उकालो लागेर २५ सय ७१ दसमलव ६६ बिन्दुुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव नौ अंकले उकालो लागेर चार सय ८४ दसमलव पाँच बिन्दुुमा चढेको छ । आज कुल १३ वटा उपसमुह अन्र्तगत दुुई सय १७ वटा कम्पनीह्रुको सेयर खरिद बिक्री भएकाछन । जसबाट ३४ हजार छ सय ४४ पटकको कारोवारमा ६१ लाख एक हजार चार सय १४ कित्ता सेयर किनबेच भएकाछन । उक्त किनबेचका आधारमा आज कुुल सेयर कारोवार रकम दुई अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये १३ वटै उपसमुहरुको सुचक उकालो लागेर सेयरमा पुरै हरियाली देखिएको छ ।